शुक्लाफाँटा नगरपालिका–८ मणिका टोलका गणेश भुलको गोठमा आज आगलागी हुँदा तीन लाख ५० हजारभन्दा बढीको क्षति भएको छ ।
गोठमा बाँधिएको बाच्छी आगलागीमा परेर जलेर मरेको छ । गोठ पूरै जल्नाका साथै बोरिङ पाइप, तयारी अवस्थाको सालको काठ, सिँचाइका लागि गरिएको बायरिङ, प्यानल बोर्ड र अन्न सबै जलेर नोक्सान भएको पीडित भुलले बताए ।
वडाध्यक्ष बहादुर सिंह महराका अनुसार नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण कायम गरिएको छ ।