निलहरि बाँस्तोलाद्वारा टानको अध्यक्षमा दाबेदारी प्रस्तुत

पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान) को अध्यक्षमा पर्यटन व्यवसायी निलहरी बाँस्तोलाले उम्मेद्वारी दिने तयारी थालेका छन् ।टानको पूर्व उपाध्यक्षसमेत रहेका बाँस्तोलाले माघ २८ गते हुन लागेको टानको ४३ औँ साधारणसभा एवम् निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । यद्यपी, औपचारिक रुपमा उनले घोषणा भने गरिसकेका छैनन् । ‘फर्मल्ली घोषणा गर्न बाँकी छ, इन्फर्मल्ली नै भएपनि यसपाली चाहिँ नछोड्ने गरी नै दाबी गरेको हुँ’ उनले भने, ‘अग्रज दाईहरुसँग सल्लाह गरेर केही दिनमा यो विषय टुंग्याउँछौँ ।’ उनले सन् २००२ मा टानको सदस्यता लिएका थिए । बाँस्तोलाले सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य भएका काम गरेका थिए । २०१७–२०१९ मा द्धितीय उपाध्यक्षमा निर्वाचित भएर काम गरेको अनुभव पनि उनीसँग छ ।बाँस्तोलाको एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, कार्गो, हस्तकला लगायतमा लगानी छ । २६ वर्षदेखि पर्वतीय पर्यटनमा क्रियाशील रहेका बाँस्तोला सोलुखुम्बुका स्थायी बासिन्दा हुन् ।