धनकुटा महोत्सवमा सात करोडभन्दा बढीको कारोबार

धनकुटामा सञ्चालन भएको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवं पाँचौँ धनकुटा महोत्सवमा

सम्बन्धित सामग्री

धनकुटा महोत्सव शुरू

धनकुटा । धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् पाँचौं धनकुटा महोत्सव शुरू भएको छ । धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रवारदेखि शुरू भएको महोत्सव यही माघ १६ गतेसम्म चल्नेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले महोत्सवको उद्घाटन गरे । मन्त्री राईले धनकुटाको विकासमा मन्त्रालयले प्राथमिकता दिने बताए । धनकुटालाई पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । आन्तरिक पर्यटन प्रवद्र्धन, मनोरञ्जनसँगै व्यापारिक विकास सम्भाव्यताको खोजी हुने अपेक्षासहित महोत्सव शुरू गरिएको हो । महोत्सवमा १८२ ओटा स्टल राखिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताए । स्टलहरूमध्ये १३५ ओटा कृषि प्रदर्शनी र अरू व्यापारिक प्रयोजनका रहेका छन् । महोत्सवले कृषि, पर्यटन, व्यापार तथा उद्योग क्षेत्रको विकास र व्यवसाय प्रवद्र्धनका लागि सहयोग पुग्ने अध्यक्ष राईले बताए । साथै कोभिड–१९ पछि थलिएको व्यवसायको विकासमा टेवा पुग्ने अपेक्षा उनले गरे । महोत्सव १ लाखभन्दा बढीले अवलोकन गर्ने र करीब ५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको प्रचारप्रसार समितिका संयोजक श्रीराम रायमाझीले बताए । महोत्सवमा सूचनाप्रविधि, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी, क्रेता र विक्रेताबीच अन्तरक्रिया, स्वास्थ्य शिविर, पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम आकर्षणको रूपमा रहनेछन् ।