प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको हितमा काम गरेको भन्दै आफुलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।सरकारले राष्ट्रियता, स्वाधिनता र सार्वभौमसत्ताका सवालमा उपलब्धिमुलक काम गरेकाले विश्वास नगर्नुपर्ने कारण नभएको बताए ।ओलीले राजनीति कुनै स्वार्थ पुरा गर्ने शस्त्र नभएको भन्दै देश बनाउने संकल्पका रुपमा बुझ्न आग्रह गरे ।भ्रष्टाचारीलाई कारवाही गर्ने प्रतिवद्धतासमेत जाहेर गरेका छन् ।