नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनसिपमा तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ८१ केजी तौल समूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिनुभयो । विकासले आफ्नै नाममा रहेको तीनै कीर्तिमानमा सुधार गरेका हुन् …