मतदानस्थल व्यवस्थापनमा चुनौती

जिल्ला सुरक्षा समितिले आसन्न निर्वाचनमा मतदान केन्द्र र स्थल व्यवस्थापनलाई प्रमुख चुनौती ठहर गरेको छ । सबै मतदान केन्द्र र स्थलको अनुगमन सकेर फर्केको सुरक्षा समितिको टोलीले जनशक्ति व्यवस्थापन र केन्द्रमा ४ प्रकारका मतपेटिकाको सुरक्षालाई प्रमुख चुनौती ठहर गरेको समिति प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए ।