सिन्धुपाल्चोक (मेलम्ची, हेलम्बु) – पासाङ शेर्पा जोत्दै गरेको हल रोकेर कुरा गर्न राजी भए। पुस महिनाको दोस्रो हप्ता, हेलम्बु क्षेत्रमा जाडो छ। तर हल गोरुलाई मिलाएर बारीको छेउकुना नछुट्ने गरी जोत्दा उनलाई पसिना आइसकेको थियो। मध्यान्ह हुँदै गर्दाको पारिलो घाम पनि चर्का लाग्न थालेको थियो। पासाङ आलीमा बसे। छेउमै बसिन् उनकी श्रीमती दावा डोल्मा शेर्पा। […]