इस्लामाबादस्थित भारतीय दूतावासभित्र देखियो ड्रोन, भारतले जनायो आपत्ति

एजेन्सी। पाकिस्तानको इस्लामाबादस्थित भारतीय दूतावासभित्र ड्रोन देखा परेको छ। ड्रोन कस्ले र के उदेश्यले दूतावासभित्र उडाएर लगेको भन्ने खुलेको छैन। तर यस घटनालाई लिएर भारतीय दूतावासले पाकिस्तान सरकारसँग कडा आपत्ति जनाइसकेको छ। सुरक्षा पोर्टोकलको उल्लंघन भएको दूतावासले बताएको छ। पछिल्लो साता जम्मू–कश्मीरको एक वायुसेना अड्डामा ड्रोनबाट आतंककारीले आक्रमण गरेका थिए।