काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एक प्रतिशतभन्दा कम मात्रै मत बदर हुनेगरी निर्वाचन आयोगले काम गरिरहेको बताएका छन्।नेपाल टेलिभिजनद्वारा जिल्ला संवाददाताका लागि पोखरामा आयोजित तीन दिने निर्वाचन रिपोर्टिङ तथा पुनर्ताजगी तालिमको आज उद्घाटन गर्दै उनले स्थानीय तहको निर्वाचनबाट अनुभव लिएर आगामी निर्वाचनलाई थप स्वच्छ तथा सफल बनाउन आयोगले विभिन्न नयाँ व्यवस्था गरेको बताए।निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सामाजिक सञ्जालको नियमन चुनौतीपूर्ण बनिरहेको