रोकिएका आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकहरू अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको  छ । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भेटवार्ता गरी चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ विधेयक अघि बढाउन सभामुख सापकोटालाई आग्रह गरेको हो । विधेयकहरु रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित समस्याहरु सम्बोधन हुन नसकेको चेम्बरका पदाधिकारीहरुले गुनासो गरे ।

सम्बन्धित सामग्री

आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको आग्रह – देशसञ्चार

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्शले संसद्‌मा विचाराधीन रहेका अर्थतन्त्रसम्बन्धी विभिन्न विधेयक अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ। चेम्बरका अध्यक्ष

आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्शले संसद्मा विचाराधीन रहेका अर्थतन्त्रसम्बन्धी विभिन्न विधेयक अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मंगलबार सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर मुलुकको अर्थतन्त्रसँग जोडिएका ११ विधेयक अगाडि बढाउन आग्रह गरेका हुन् । अध्यक्ष मल्लले अर्थतन्त्रसँग जोडिएका धेरैजसो विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुने नसकेको बताए । धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयक र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,