सल्यानमा जंगलबाट ल्याएको च्याउ खाँदा नौ जना बिरामी भएका छन् । शारदा नगरपालिका–४ साईलाकम्दा बस्नै दीर्घ बस्नेतको परिवारका ४ र बनगाड कुपिण्डे नगरपालिका –९ जैतपानी बस्ने भूप बहादुर ओलीको एकै घरका ५ जना च्याउ खाएर बिरामी परेका हुन् । प्रहरीका अनुसार शुक्रबार साँझ बस्नेतको परिवारका चार जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । उनकी श्रीमती वर्ष ४० की मिना बस्नेत, छोरी पवित्रा बस्नेत, सोही ठाउँमा केशर बस्नेतको छोरा वर्ष ९ को जोन बस्नेतको उपचार भइरहेको छ। उनीह