घोडेपानी–प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीदेखि वडा नं ७ स्थित प्यारी बाराही ताल जोड्ने साइकल मार्ग सञ्चालनमा आएको छ ।  सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाइ लम्ब्याउन प्यारी बाराही ताललाई सहायक गन्तव्य बनाएर गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटक र पाहुनाको बसाइ लम्ब्याउन साइकल मार्ग पहिचान गरेर पूर्वाधार निर्माण र प्रचारप्रसारमा जुटेको बताए । नयाँ वर्षको अवसरमा पोखरा साइकल सिटीका १४ जनाको टोली साइकल चढेर घोडेपानी

सम्बन्धित सामग्री

घोडेपानीमा साइकलयात्री

साइकल चढेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीमा पुगेका पोखरा साइकल सिटीका साइकल यात्री । पर्यटक आकर्षित गर्नका लागि घोडेपानीदेखि प्याराबाराही ताल जोड्ने गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको छ । तस्वीर : सन्तोष गौतम/रासस

घोडेपानी पुगेका पोखरा साइकल सिटीका साइकल यात्री

म्याग्दी, ३ वैशाख । साइकल चढेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीमा पुगेका पोखरा साइकल सिटीका साइकल यात्री । पर्यटक आकर्षित गर्नका लागि घोडेपानीदेखि प्याराबाराही ताल जोड्ने गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको छ । तस्वीरः सन्तोष गौतम÷रासस