बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

मंसिर ८, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार (मंसिर ९ गते) रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १० गते बन्द गर्ने भएसँगै बिहीवार (मंसिर ९ गते) सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने कम्पनीले जानकारी गराएको हो ।