घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगकाे अनुराेध

काठमाडौं : मुस्लिम समुदायका धर्मावलम्बीलाई घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगले आग्रह गरेको छ। पछिल्लो समय देशभर कोरोना महामारीको संक्रमण बढेपछि सामूहिक रुपमा उपस्थित नभई आ-आफ्नै घरमा इफ्तार गर्न आयोगले अनुरोध गरेको हाे। शुक्रबार पढिने नमाज निश्चित जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्पूर्ण मुस्लिम समूदायका मानिसले सामाजिक दूरी, मास्क र स्यानिटाइजर प्रयोग गरी नमाज पढ्नलाई आयोगले जारी गरेकाे अपीलमा उल्लेख छ।

सम्बन्धित सामग्री

मुस्लिम आयोग अध्यक्ष अन्सारीको उद्धार

जनकपुरधाम : मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पैसा बाँडेको आरोप लगाउँदै हुलहुज्जत र आक्रमण गर्न खोजेपछि प्रहरीले उनलाई उद्धार गरेको छ।२ दिनदेखि जनकपुरधाम आएका अन्सारीले सीताशरण टोलमा बसेर मतदातालाई प्रभावित गर्न पैसा बाँडेको आरोप लगाउँदै एमालेका उम्मेदवार शिवशंकर साहका समर्थकले होटल घेराउ गरी हुलहुज्जत गर्न खोजेपछि प्रहरीले उनलाई तत्काल उद्धार गरी काठमाडौँ पठाएको छ।अन्सारी बिहीबार जनकपुरबाट ११:५५ बजे काठमाडौँ जाने कार्यक्रम रहेको थियो। १० बजेदेखि नै उनीहरूले होटल घेराउ गरी विरोध गर