काठमाडौं : एएफसी एसियन कप छनोटमा नेपाली यू-२३ फुटबल टिम पराजित भएको छ।नेपाली टिम सोमबार इरान यू-२३ फुटबल टिमसँग ४-० गोलले पराजित भएको हो। ताजकिस्तानको सेन्ट्रल रंगशालामा सम्पन्न खेलमा गोलकिपर अर्पण कार्कीको कप्तानीमा मैदान उत्रिएको नेपाली टिमले बलियो टिम इरानसँग लज्जास्पद हार बेहोरेको हो।पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा भने नेपालले सोही प्रदर्शन कायम राख्न सकेन्। खेलको १७ औं मिनेटमा नेपालका अभिषेक लिम्बूले विपक्षी टिमका खेलाडीलाई डी बक्सभित्रै फउल गरेपछि इरानले पेनाल्टीको अवसर पाएको