काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धीकरणको लागि अभियान चलाउनुपर्ने बेला आएको बताएका छन् । शुक्रवार काठमाडौँको चाबहिलमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले पार्टी भित्र नयाँ संघर्षको बोध हुन लागेको बताए । आफ्नो लागि राजनीति गर्ने समय अब १० वर्षमात्र बाँकी रहेको भन्दै उनले कार्यकर्ताहरुलाई निराश नबनाउने बताएका छन् ।