आज महाशिवरात्रि, पशुपतिलगायतका शिवालयमा दर्शनार्थीको भीड

१ फागुन, काठमाडौं । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, …

सम्बन्धित सामग्री

आज महाशिवरात्रि, देशभरका शिव मन्दिरमा दर्शनार्थीको भीड

हिन्दूहरुको ठूलो पर्व महाशिवरात्री आज भगवान शिवको पूजाआराधना गरेर मनाइँदै छ।

आज महाशिवरात्रि, पशुपतिलगायतका शिवालयमा दर्शनार्थीको भीड

फागुन कृष्ण चतुर्दशीका राति मङ्गलबार धार्मिक उल्लासका साथ महाशिवरात्रि पर्व मनाइँदै छ । त्यसको सम्पूर्ण तयारी पूरा भएको छ । सामान्य स्तुतिबाटै छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका निराकार शिव स्वरूप यसै रात प्रकट भएको भन्ने धार्मिक मान्यता छ । मुलुकका सबै शिवालयमा पर्वको तयारी भएको छ । उपत्यकाका कतिपय शिवालयमा साधुसन्तलगायत दर्शनार्थीको उपस्थिति बाक्लिएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पशुपतिनाथ मन्दिरको चाँदीको ढोका मङ्गलबार बिहान ३ः०० बजे नै दर्शनार्थीका लागि खुला हुन्छ । यस वर्ष छ लाख भक्तजनले पशुपतिनाथ दर्शन गर्ने अनुमान गरिएको छ ।