सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा चुनाव घोषणा गरेसँगै पाँच दलीय गठबन्धनले चुनावी तालमेल गरेर जाने सहमति गरिसकेको छ । यसका लागि काँग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल समेत बनिसकेको छ ।गठबन्धन एक ढिक्का भएर गएमा सजिलै बहुमत ल्याउने नेताहरूको आङ्कलन छ । यसै सन्दर्भमा सत्ता गठबन्धनको चुनावी तालमेल, सिट बाँडफाँट, साझा घोषणापत्र, माओवादीको रणनीति र सत्ता साझेदारीका विषयमा माओवादी स्थायी समिति सदस्य एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र