दलीय भागबन्डामा अल्झिएको विश्वविद्यालय, जहाँ वर्षौंदेखि नियुक्त हुन सकेनन् डीन

काठमाडौं : खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन गराउने उद्देश्यले खुलेको खुला विश्वविद्यालय यतिखेर राजनीतीकरणले लथालिंग बनेको छ। दलीय भागबन्डा नमिल्दा एक वर्षभन्दा लामो समयदेखि विश्वविद्यालय डीनविहीन बनेको छ।सरकारले ‘नेपाल खुला विश्वविद्यालय ऐन, २०७३’ पारित गरेसँगै विश्वविद्यालय विधिवत् रूपमा स्थापना भएको थियो। विश्वविद्यालयले शैक्षिक कार्यक्रम २०७४ जेठ ३० देखि सञ्चालन गरेको थियो।विश्वविद्यालयका पदाधिकारीहरूमा कुलपति, उपकुलपति, कुलसचिव, डीन, निर्देशक र तोकि