बुटवल- नारायणगढ सडकमा डेढ वर्ष म्याद थपिदिन ठेकेदारको माग

महेन्द्र राजमार्गअन्तर्गत  बुटवल- नारायणगढ  सडक विस्तारमा २६ प्रतिशत मात्रै काम सम्पन्न गरेको चिनियाँ ठेकेदारले फेरि डेढ वर्ष म्याद थप्न माग गरेको छ । ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यसअघि दोस्रो पटक म्याद थप गरेको थियो ।