भारतबाट ल्याएको सुनसहित एक जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले ठूलो परिणामको सुनसहित एक जनालाई पक्राउ गरेको छ। खजुराको एलगाउँस्थित सुवेदीचोकमा शंकास्पद् तरिकाले हिँडिरहेका बझाङका अशोकबहादुर सिंहलाई जाँच गर्दा ८०२ ग्राम ७३ मिलिग्राम सुनका गहना फेला परेको हो। सिंहले बोकेको कालो रंगको झोलामा हार, मंगलसुत्र, बाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औँठी, टप, फुली बरामद भएको छ। उक्त सुनको मूल्य […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।