सोलुखुम्बु - सोलुखुम्बुको लुक्लामा हवाई सेवा लिने यात्रुको सङ्ख्या ५३ प्रतिशतभन्दा धेरैले बढेको छ । सन् २०२० को तुलनामा २०२१ मा हवाई सेवा लिने यात्रुको सङ्ख्या ५३ दशमलव १६ प्रतिशतले बढेको हो ।
नागरिक उड्ययन प्राधिकरण लुक्लाको तथ्याङ्क अनुसार सन् २०२० मा ५ हजार २ सय ७० पटक उडान तथा अवतरण भएकोमा २१ हजार ३ सय ९ जना यात्रुले विमान सेवा लिएका थिए । तर सन् २०२१ मा १० हजार ६ सय १५ पटक उडान तथा अवतरण भएकोमा ४० हजार ८७ जना यात्रुले सेवा लिएका छन्।
सन् २०२१ मा १७ हजार २ सय २९ जना यात्रु खुम्बु भित्रिएको र २२ हजार ८ स...