नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा संसद पुनर्स्थापना गरेर संविधान जोगाउनुको विकल्प नरहेको बताएका छन् ।शनिबार नेपाली काँग्रेस सुनसरीले इनरुवामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले प्रतिनिधिसभा विघटन सामान्य नभएर गम्भीर विषय भएको बताए ।‘यो विघटन जानाजान संविधानमाथिको अतिक्रमण हो,’ उनले भने, ‘विगतमा पटक पटक संसद विघटन हुँदा मुलुकमा अस्थिरता निम्तियो, मुलुक विग्रहमा गयो, २०५१ सालमा संसद विघटन हुँदा माओवादीको जन्म भयो । हाम्रै सभापति श