कांग्रेसकाे निर्णय - वडा अधिवेशन भएका जिल्लामा पालिका अधिवेशन ९ गते नै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको पदाधिकारी बैठकले असोज ९ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । आज बुधवार सिंहदरबारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका राेकिएका प्रक्रियालाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढिसकेका प्रक्रियालाई निश्चित टुङ्गो गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले पार्टीले ९ गतेसम्म पार्टीको क्रियाशील सदस्य टुङ्गो लगाउने निर्णय भएको पनि ...