एमालेको १० औं महाधिवेशनले चितवनको नारायणी किनारका साना तथा मझौला व्यवसायीमा उत्साह छाएको छ । एमाले महाधिवेशनका कारण नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति र चहलपहल बढेसँगै व्यापार व्यवसाय समेत फस्टाएकाले उनीहरु उत्साहित बनेका हुन् ।एमालेले मंसिर १० गते मध्याह्न १२ बजे नारायणी नदी किनारमा पार्टीको १० औं महाधिवेशन उद्घाटन गर्दैछ । नदी किनारमा महाधिवेशनका लागि बनाइएको मुख्य मञ्च नजिकै दर्जनौं साना तथा मझौला व्यवसायीहरु वर्षौंदेखि व्यवसाय गरेर आफ्नो गुजारा चलाउँदै आएका छन् ।यसरी व्यवसाय सञ्चालन गर