पर्साको जनगणनामा ५७० जना गणक खटिए

वीरगंज : ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ बिहीबारदेखि राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ। जनगणनाका लागि पर्सा जिल्लामा ५७० जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय पर्साका जनगणना अधिकारी केशव ज्ञवालीले जानकारी दिए। कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना मंसिर ९ गतेसम्म चल्नेछ। प्रभावकारी रुपमा जनगणना गर्नका लागि पर्सा…

सम्बन्धित सामग्री

कोरोनाको कारण रोकिएको जनगणना पुनः शुरु हुँदै

असार १२, काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’का गतिविधि पुनः शुरु गर्ने सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतवार बस्ने भएको छ । गत वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले बढ्दो कारोना संक्रमणका कारण असहज परिस्थिती निर्माण भएको भन्दै जनगणनाका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय गरेको थियो । पछिल्ला दिनमा कोरोना संक्रमणदर केही नियन्त्रणमा आएसँगै जनगणनाका बाँकी कामलाई निरन्तरता दिने उद्देश्यले तथ्यांक विभागले जनगणना निर्देशक समितिको बैठक बोलाएको होे ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहने तथा विभिन्न मन्त्रालयका सचिव तथा विश्वविद्यालयका जनसंख्या र तथ्यांक विभागका प्रमुख सदस्य रहनेगरी निर्देशक समिति गठन गरीएको छ ।  केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले साउनको अन्तिम सातादेखि तथ्यांक लिन कार्यक्षेत्रमा पठाउनेगरी प्रस्ताव निर्देशक समितिको बैठकमा लैजान लागिएको जानकारी दिए । आगामी साउन अन्तिम सातादेखि शुरु गरी असोजको पहिलो सातामा सक्ने गरी कार्यातालिका बनाइएकोे उनको भनाइ छ । निर्देशक समितिले प्रस्ताव स्वीकृत गरेमा सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा जानेछ ।  रेग्मीले भने, ‘पहिला असार ८ गतेभित्र जनगणना लिने कार्य सक्नेगरी कार्ययोजना बनाएका थियौँ । अब हाम्रो प्रस्ताव असोजको पहिलो हप्ताभित्र सक्ने भन्ने छ । जुन दिन तथ्यांक लिएर सक्छौँ, त्यही दिनको नेपालको जनगणना भनेर निकाल्छौँ ।’ कार्यलय स्थापनाको काम सम्पन्न गरी सामग्री व्यवस्थापनअन्तर्गत प्रश्नावली, निर्देशिका, कापी, कलम, तालिम सामग्रीहरू जिल्ला र प्रदेशका कार्यालयमा पठाइसकिएको विभागले जानकारी दिएको छ । करीब ९ हजार सुपरीवेक्षकको छनोट गरीसकिएको छ । उनीहरूमध्ये केहीले ६ दिने तालिम लिईसकेका छन् भने केहीले आधा तालिमकै क्रममा निषेधाज्ञाका कारण तालिम पूरा गर्न पाएका छैनन् । उनीहरूलाई नै फेरि १÷२ दिनको पुनर्ताजगी तालिम दिने र कार्यक्षेत्रमा खटाउने विभागको तयारी छ ।  यस्तै ४० हजार गणकको छनोट र नियुक्ति प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ । केन्द्रीय तथ्यांक विभागले हरेक दश वर्षमा गर्ने राष्ट्रिय जनगणना विसं १९६८ देखि सञ्चालन गर्दै आएको छ । यसको बाह्रौँ श्रृंखला अहिले सञ्चालन हुँदैछ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विभागले जनगणनामा खटिएर घरघरमा आउने सबै गणक तथा सुपरीवेक्षकहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड संक्रमणको जोखिम न्यून गर्ने मापदण्ड अनिवार्य पालना गर्नुपर्ने व्यवस्था मिलाएको छ ।  सुपरीवेक्षक तथा गणकहरूले मास्क तथा फेससिल्ड लगाउने तथा सेनिटाइजरको प्रयोग र भौतिक दूरी कायम गरी अन्तर्वार्ता सञ्चालन गर्नेगरी आवश्यक तालिम र व्यवस्था मिलाईएको विभागका उपमहानिर्देशक रेग्मीले जानकारी दिए । देशभर अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्यांक संकलन गर्ने र संकलन भएको तथ्यांक प्रशोधन, प्रकाशन एवम् वितरण गर्ने समष्टिगत प्रक्रियानै जनगणना हो ।   नेपालको कुन–कुन क्षेत्र तथा भूभागमा के कति मानिस बसोबास गर्छन्, तिनीहरूमध्ये महिला, पुरुष, तेस्रो लिङ्गी, बालबालिका, काम गर्ने उमेर समूह र बृद्ध–बृद्धाको संख्या कति छ, तिनीहरूको बासस्थान र सुविधा के कस्ता छन् भन्ने विवरण जनगणनाको क्रममा संकलन गरिन्छ । रासस

पर्सामा जनगणनाको लागि ७३० कर्मचारी खटाइने

वीरगंज : राष्ट्रिय जनगणनाको लागि पर्सामा दुई चरण गरि ७३० जना कर्मचारी खटाइने भएको छ। यसअघिका जनगणनामा धेरै संख्यामा सरकारी शिक्षकलाई खटाउने गरिएकोमा यसपटक भने केन्द्रीय तथ्याङ्क विभागले खुला प्रतिस्पर्धाबाट जनगणनामा खटिने गणक र सुपरिवेक्षकको छनोट गरी खटाउने तयारी गरेको जिल्ला जनगणना कार्यालय पर्साका निर्देशक केशव ज्ञवालीले जानकारी दिए। उनका…