गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विद्यालयको भौतिक सुधारपछि गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले धेरै विद्यालयको भौतिक पूर्वाधारमा जोड दिइएको बताउँदै अब शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । शनिबार बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यमिक विद्यालय लामिचौरको ७०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले ठूला भवन र बगैँचा बन्दैमा शैक्षिक गुणस्तर वृद्धि नहुने …