कटहरिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

वीरगञ्ज- रौतहटको कटहरिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुखमा कांग्रेसका अजय प्रकाश ७ हजार १७२ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नगरपालिकाका निवर्तमान प्रमुख एवम् नेकपा एमालेका उम्मेदवार सियराम कुशवाहाले ४ हजार ५७७ मत प्राप्त गरे। उपप्रमुखमा पनि कांग्रेसकै रिता देवी ७ हजार ५२० मतका साथ विजयी भइन्। […]