काठमाडौं : माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाएको छ। वैशाख ३० गते हुने निर्वाचनको लागि भोलिबाट मनोनयन दर्ता सुरु हुने भएकाले समाजवादीले उम्मेदवारको टुंगो लगाएको हो। पाँच दलीय गठबन्धनबाट समाजवादीले पोखरा महानगरको मेयर र काठमाडौं महानगरको उपमेयर पाएको छ। भने हेटौंडा उपमहानगरको मेयरसहित इटहरी, बुटवल र तुलसीपुरको उपमेयर भाग पाएको छ। महानगरतर्फ पोखराको मेयरमा धनराज आचार्य र काठमाडौंको उपमेयरमा रामेश्वर श्रेष्ठलाई