विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो : मन्त्री कार्की

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले मात्र गर्न नसक्ने बताएका छन् । यसको रोकथामदेखि उद्धार तथा राहतसम्ममा सर्वपक्षीय समन्वय हुनुपर्नेमा उनले जोड दिएका छन् । ओखलढुंगा जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले संघीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् न्यूनीकरण र राहत तथा उद्धारमा प्रभावकारी रूपले काम गर्न सकिने बताए । ‘स्थानीय रूपमा हामीले नगरपालिकाका नगर प्रहरीलाई समेत तालीम दिएर उद्धारमा परिचालन गर्न सक्छौं,’ उनले भने, ‘विपद्का लागि अत्यावश्यक वस्तुको व्यवस्थापनमा कमजोरी हुने छैन ।’      जनप्रतिनिधि र दलका नेतृत्व पनि समाजको सदस्य नै भए पनि उनीहरूको आचरण तथा व्यवहार सोहीअनुरूप हुने भन्दै गलत काम गर्न नदिन जनताले खबरदारी गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिए । ओखलढुंगाका सहायक प्रजिअ अर्जुनकुमार मण्डलले जिल्लामा विपद्बाट भएको क्षति र बचावटसम्बन्धी भए गरिएका कामबारे जानकारी गराए । कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, रेडक्रस, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो । रासस

सम्बन्धित सामग्री

विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो छ: मन्त्री कार्की

विराटनगर, २९ कात्तिक: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले मात्र गर्न नसक्ने बताएका छन् । उनले भने, “यसको रोकथामदेखि उद्धार तथा राहतसम्ममा सर्वपक्षीय समन्वय हुनुपर्छ ।” ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री कार्कीले सङ्घीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा […]

विज्ञापन बजारलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन व्यवसायलाई मर्यादित, व्यवस्थित र स्वच्छ बनाउन सबैको सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ । विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित विज्ञापन दिवस तथा अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण हुने विज्ञापनले वस्तु वा सेवाको प्रवद्र्धन मात्र नगरी आम उपभोक्ताको हितको संवर्धन गर्ने हुँदा यसतर्फ सञ्चारमाध्यम र विज्ञापनदाताले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।