जलवायु परिवर्तन: चीनमा आँधीका कारण लाखौँ मानिस प्रभावित, जताततै प्राकृतिक विपद् - BBC News नेपाली

पछिल्लो समय संसारभरका विभिन्न देश फरक फरक प्राकृतिक विपत्तिको मारमा परेका छन्। हाल युरोप र अमेरिकाले अत्यधिक गर्मीको सामना गरेका छन्।

सम्बन्धित सामग्री

बढ्दो छ फरक प्राकृतिक विपद्

काठमाडौं : नेपालमा पछिल्ला केही वर्षका घटनालाई मध्यनजर गर्ने हो भने फरक प्रकृतिका विपद् बढिरहेको देखिएको छ। यस क्षेत्रका विज्ञले पनि कल्पनै नगरेका विपद्जन्य घटनाले जनजीवन प्रभावित भइरहेको बताएका छन्। यस्ता घटना जलवायु परिवर्तनको असरका कारण भएको उनीहरूको भनाइ छ।जलवायु परिवर्तन विज्ञ ङमिन्द्र दाहालको भनाइमा पनि जलवायु परिवर्तनका कारण मौसम अदलीबदली डरलाग्दो हिसाबले भइरहेको छ। यस पाली कुनै एक ठाउँमा ठूलो पानी परेर तहसनहस बनाएका बेला अर्को ठाउँमा सुख्खा लागिरहेको छ। पानीको अभावमा यस पाली रा