झापा - झापाको गौरादह नगरपालिकामा एमालेले मेयर र उपमेयर दुवै पद जितेको छ ।
१२ हजार ८ सय ४९ मत प्राप्त गर्दै मेयर पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित हुनुभयो । उहाँले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका रोहित कुमार साहलाई पराजित गर्नुभयो। साहले ११ हजार ४ सय ४८ मत प्राप्त गर्नुभयो । शाह यसअघि यही नगरको नगर मेयर पदमा निर्वाचित हुनुहुन्थ्यो ।
उपमेयरमा पनि एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी हुनुभएको छ । राजवंशीले ११ हजार ९ सय १४ मत प्राप्त गर्नुभयो । उहाँले नेपाल कम्...