सर्वोच्च अदालतले आजको मितिले सात दिनभित्र प्रारम्भ हुने गरी संसद् अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको छ । अदालतले प्रतिनिधि सभा विघटन बदरको फैसला सुनाउँदै साउन ३ भित्र अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार प्रतिनिधि सभा पुन:स्थापना गर्ने फैसला सुनाएको हो ।