सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड र बाबुराम सँगै गए बानेश्वर

काठमाडौं, ११ पुष । सात दलीय सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ बानेश्वर पुगेका छन् । प्रचण्डसँगै नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई पनि संसद् भवन नयाँबानेश्वर पुगेका छन् । बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहभागी हुने छन् । […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईले सर्वोच्चलाई बालसेनाबारेको रिटमा सर्वोच्च अदालतलाई जवाफ पठाएका छन्। सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा बिहीबार पनि फैसला हुन सकेको छैन। एमालेले अबदेखि पार्टी कार्यक्रममा नेताहरुलाई आसन ग्रहण नगराउन निर्णय गरेको छ। विकृति र बेथिति अन्त्यको नेतृत्व अब माओवादीले लिने प्रधानमन्त्री प्रचण्डले घोषणा गरेका छन्। सरकारले लम्पीस्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन नसक्ने जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज भएको भेटमा दुई पार्टीबीचको एकता, यही पुस २६ गते सरकारलाई विश्वसको मत दिने विषय र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको नेसपाका नेता गङ्गानारायण श्रेष्ठले जानकारी […]