धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै

तनहुँ - अहिले उत्पादन भइरहेको  धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउनुहुन्छ । 'पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ । अहिलेको चामलमा  गुलियोपन छैन', उहाँ भन्नुहुन्छ,'पहिला गाउँमा एउटा घरमा मसिनो चामल पाक्दा गाउँभर नै बास्ना थाहा पाइन्थ्यो । अहिले बास्ना पनि कम आउने र कम गुलियो छ।' कृषक ओझा प्राङ्गारिक मल प्रयोग खेतीपातीमा गर्ने चलन नै हराएको बताउनुहुन्छ । विगतमा प्राङ्गारिक मल र गाईबस्तुको मल हाल्द...