सेनाले फेर्‍यो द्रुतमार्ग निर्माण आयोजना प्रमुख

काठमाडौँ– नेपाली सेनाले काठमाडौं-तराई द्रुत मार्ग निर्माण आयोजना प्रमुख फेरेको छ । आज जंगी अड्डाले सहायक रथी विकास पोखरेललाई फास्ट ट्रयाक आयोजना प्रमुखमा ल्याएको हो।  सेनाले कमलविक्रम शाहको स्थानमा पोखरेललाई जिम्मेवारी दिएको हो। पोखरेलले यसअघि पनि फास्ट ट्रयाक आयोजना प्रमुखका रुपमा काम गरिसकेका छन्।  चुनौतीपूर्ण फास्ट ट्रयाकको  निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ। यो आयोजना […]

सम्बन्धित सामग्री

तीव्र गतिमा द्रुतमार्ग बनाउँदै नेपाली सेना

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं, तराई मधेस फाष्टट्रयाक अथवा द्रुतमार्गको जिम्मेवारी लिएको नेपाली सेनाले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको छ । बाराको निजगढबाट काठमाडौंको खोकना जोड्ने ७२ दशमलभ ०६ किलोमिटरको

निर्माण शुरु भएको डेढ दशकपछि धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

वैशाख ६, धनगढी । धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया शुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ ।  कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया–दिपायल द्रुतमार्गको ट्रयाक पूरा भएको हो । धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको बताउँदै गाडी सञ्चालनका लागि ग्रेडिङ गर्न बाँकी छ ।  कैलाली खण्डमा पर्ने बबैना–ओजेनामा तीन किलोमिटरमा ट्रयाक खोल्ने काम भएसँगै अब ग्रेडिङ गर्ने कार्य अघि बढाइने आयोजनाका इञ्जीनियर दिनेश रैखोलाले जानकारी दिए । विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्ने कार्य थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि कैलालीको स्याउलेबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो । अहिले सो सडकको धनगढी–स्याउले खण्डमा कालोपत्र निर्माणका लागि काम शुरु भएको छ । खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रू. १६ करोड ४० लाखमा ठेक्का पाएपछि धनगढीको पिपलचौताराबाट स्याउलेसम्मको १३ दशमलव ४ किलोमिटरमा कालोपत्र गर्नका लागि काम शुरु भएको हो । ठेक्का सम्झौताअनुसार धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित पिपलचौताराको सामुदायिक प्रहरी कार्यालयबाट स्याउलेमा पर्ने पूर्वपश्चिम राजमार्गभन्दा केही माथिसम्म कालोपत्र गरिने इञ्जीनियर रैखोलाले बताए ।  उनले गत आर्थिक वर्षको असार २० गते आउँदो ३० महीनामा कालोपत्र गरिसक्ने गरी ठेक्का सम्झौता भएको बताए । धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालू आवमा धनगढीबाट १३ दशमलव ४ किलोमिटर र डोटीको दिपायलबाट ९ दशमलव ५ किलोमिटर सडकमा कालोपत्र गर्ने सम्झौता भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।  आयोजनाका इञ्जीनियर रैखोलाका अनुसार धनगढी–स्याउ सडकखण्ड कालोपत्रका लागि अहिले सो सडकखण्डको दायाँबायाँ दुवैतर्फ नाली निर्माण गरी सडकको तह मिलाउने काम भइरहेको छ । यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री चिलोचन भट्टले सोमवार सो सडकखण्डको स्थलगत अनुगमन गरेका छन् ।  अनुगमनका क्रममा सो द्रुतमार्गको ट्रयाक खोल्ने काम सम्पन्न भएपछि थप स्तरोन्नतिको कार्यले गति लिने उनले बताए । रासस

डेढ दशकपछि धनगढी-दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ । कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया–दिपायल दु्रतमार्गको ट्रयाक पूरा भएको हो । धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको बताउँदै गाडी सञ्चालनका लागि ग्रेडिङ गर्न बाँकी छ । कैलाली खण्डमा पर्ने बबैना–ओजेनामा तीन किलोमिटरमा ट्रयाक खोल्ने काम भएसँगै अब ग्रेडिङ गर्ने