काठमाण्डौ – काठमाण्डौको डिल्लीबजारमा कोठा भाडामा बसेर कोरियन भाषा परीक्षाको तयारीमा जुटेका विकास जोशीलाई दिक्क लागिसक्यो । ‘क्यालेन्डरको पाना पल्टाउँदै दुई वर्ष बितिसके, परीक्षाको टुङ्गो छैन’, उहाँले चियाको कप टेबुलमा राख्दै भन्नुभयो, ‘अब कतार या मलेसिया लाग्नुपर्ला जस्तो छ, कोरियन भाषा परीक्षाका लागि गरेको मेहनत त बालुवामा पानी खन्याए झैं भइसक्यो ।’ अघिल्लो वर्ष परीक्षा दिने सोचले कस्सिएर तयारीमा जुट्नुभएको थियो विकास । भाषा परीक्षा तयारीकै लागि बझाङबाट काठमाण्डौ आउनुभयो ।एक वर्ष...