पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुने

पोखरामा आजदेखि सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । ‘लोक संस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा साउन १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा देशभरबाट गरी ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले रु छ