मधेशमा मानसिक स्वास्थ्य : चुनौती बढ्दैछ, प्राथमिकता कहिले ?

मधेशमा बालबालिका तथा किशोरकिशोरीका लागि टेलि-मेन्टल हेल्थ जस्ता नयाँ सेवा सुरु हुनु सकारात्मक कदम हो। तर यस्ता सेवाको पहुँच अझै विस्तार गर्न, स्थानीय स्वास्थ्यकर्मीको क्षमता बढाउन र समुदायसम्म मानसिक स्वास्थ्यसम्बन्धी जानकारी पुर्‍याउन आवश्यक छ। मानसिक स्वास्थ्य सेवाको विस्तारसँगै समाजमा रहेको स्टिग्मा हटाउने, समयमै समस्या पहिचान गर्ने र आवश्यक उपचार तथा साइकोलोजिकल सपोर्टमा सहज पहुँच सुनिश्चित गर्ने काम समानान्तर रूपमा अघि बढाउनुपर्छ।