इरानसँग आजैदेखि वार्ता सुरु गर्ने ट्रम्पको दाबी, ‘अत्यधिक ठूलो’ आक्रमण स्थगित

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्न लागिएको ‘अत्यधिक ठूलो’ सैन्य आक्रमण अन्तिम समयमा रोक्दै सोमबारदेखि तेहरानसँग नयाँ वार्ता सुरु हुने बताएका छन्। एयर फोर्स वान (राष्ट्रपति चढ्ने विमान) मा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “उनीहरूलाई (इरानलाई) आक्रमणको भयावहताबारे थाहा थियो किनकि उनीहरूले त्यसको तयारी देखिसकेका थिए। हामी उनीहरूसँग वार्ताको माध्यमबाट संवाद गर्दैछौँ, […]