देशभर विजयादशमीको टीका र जमराको रौनक छाइरहँदा भोटेकोशी बाढीबाट घरबार र आफन्त गुमाएका परिवारका लागि भने यसपटकको दसैँ पीडादायी बनेको छ। गत भदौ १० गतेको बाढीबाट प्रभावित रसुवा, नुवाकोट तथा आफन्त गुमाएका गोरखाका बस्तीमा पर्वले विगतको खुसी फर्काउन सकेको छैन। नुवाकोटको विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपालका अनुसार घर, सम्पत्ति र प्रियजन गुमाएका परिवारका लागि […]