ओमानलाई हराएपछि नेपालको विश्वकप सम्भावना कति, के अझै पार गर्नुपर्छ दुई खुड्किला ?

ओमानलाई १० रनले हराउँदै आइसिसी क्रिकेट विश्वकप लिग–२ को यात्रा पूरा गरेको नेपालको सन् २०२७ को एकदिवसीय विश्वकप खेल्ने सम्भावना कायम छ। तर विश्वकपमा स्थान बनाउन नेपालले अब छनोट प्लेअफ र मुख्य छनोट गरी दुई प्रतियोगितामा सफलता हासिल गर्नुपर्नेछ। सोमबारको जितसँगै नेपालले ३६ खेलबाट ३० अङ्क जोड्दै छैटौँ स्थान हासिल गरेको छ। क्यानडा भने २९ […]