काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको पहिलो चरण आगामी कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। यसअघि हरेक वर्ष पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको थियो। तर, यस वर्ष उक्त समयमा बडादसैँको सार्वजनिक बिदा परेकाले कार्यक्रमको मिति परिवर्तन गरिएको हो। […]