बलात्कारको मुद्दामा कडा नजिर, मुद्दा प्रभावित पार्न खोज्ने निगरानीमा !

काठमाडौं, १२ असोज । महिला अधिकारको क्षेत्रमा लामो समय काम गरेर सर्वोच्च अदालतको न्यायाधीश बनेकी सपना मल्ल प्रधानको इजलासले न्याय क्षेत्रमा दुरगामी महत्वका नजिर स्थापित गरिरहेका छन् । यसमा अर्को नजिर थपिएको छ बलात्कार मुद्दामा । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले विवाह गर्न प्रलोभन देखाई गरिएको शारीरिक सम्बन्ध सहमति […]