कोशीले खेतीयोग्य जमिन काट्दै गरिबी बढ्दै

उदयपुर । चार दशकदेखि सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुमा बस्दै आएका बुद्धिमान माझीको अहिले आफ्नै नाममा जमिन छैन । सप्तकोशीको बाढी र निरन्तरको कटानले उनको पाँच– सात बिघा जमिन बगाइसकेको छ । ‘कति बेला कोशी आउँछ र बगाउँछ भन्ने टुङ्गो हुँदैन । बेलुका सुत्न पनि डर लाग्छ,’ माझीले भने, ‘असारदेखि नै कटान सुरु भयो । […]