कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले तालिमसहित अनुदान कार्यक्रम सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत सामाजिक विकास कार्यालय कञ्चनपुरको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २५ जना दलित समुदायलाई बाख्रा तथा कुखुरापालनसम्बन्धी सातदिने तालिम दिन सुरु गरिएको हो । कार्यालयका प्रमुख भीमबहादुर बुढाका अनुसार तालिममार्फत सहभागीलाई सीपयुक्त बनाउँदै आर्थिक अवस्थामा सुधार […]