काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक सुरक्षा, मनसुनजन्य विपद् तयारी, मल अभाव, महँगी नियन्त्रण तथा भूकम्पपीडितको पुनःस्थापनालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले नेपालमा दैनिक औसत आठ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको उल्लेख गर्दै सडक सुरक्षालाई प्रभावकारी बनाउन सरकारसँग माग गरिन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले पछिल्लो १० […]