नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन थालिएको छ । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी वृक्षरोपणसमेत गर्ने योजनाअनुरूप सो काम अघि बढाइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले त्यस क्षेत्रमा डोजर चलाएको छ । […]