काठमाडौँका चाडपर्वमा एकरुपता ल्याउन महानगर र पञ्चाङ्ग समितिबीच छलफल

विसं २०८३ का तिथिमिति र काठमाडौँ उपत्यकाका चाडपर्वमा एकरुपता ल्याउने विषयमा काठमाडौँ महानगरपालिका र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबीच छलफल भएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र समितिका सदस्य सचिव एवं कार्यकारी निर्देशक लक्ष्मण पन्थी, सदस्य रतिदेवी जोशी श्रेष्ठसहित पदाधिकारीबीच आज बैठक भएको हो। छलफलको मुख्य उद्देश्य विगत वर्षमा पर्व अघिल्लो वा पछिल्लो दिन […]