साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह

संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमै उक्त शल्यक्रिया लगायत आवश्यक उपचार गर्न विशेषज्ञ चिकित्सक तथा आवश्यक स्वास्थ्य उपकरण पर्याप्त मात्रामा उपलब्ध रहेको स्पष्ट पारेको छ। नेपालका विभिन्न अस्पतालमा यस्तो प्रकृतिको शल्यक्रिया गर्न सकिने क्षमता रहेको संघको दाबी छ।